अन्न जाेगाउन गाेरखाकाे नुब्री उपत्यकामा स्याउ खेती

बिहिबार, कार्तिक २७, २०७७
भुँइस्याउ खेती

कात्तिक २७, गाेरखा । घरमा भएकाे अन्न बाली जाेगाउनका लागि स्याउ खेती गरिन्छ भन्दा जाे काेहीलाइ पनि अचम्म लाग्छ । बजारमा महँगाे मूल्यमा किनेर खानुपर्ने स्याउले कसरी जाेगाउँछ अन्न बाली ?  साेचनिय विषय रहेकाे छ ।

नेपाल राज्य एकीकरणकाे थालनी जिल्ला गाेरखा जिल्लाकाे उत्तरी क्षेत्रमा हिमाल पारी दुइवटा उपत्यका रहेका छन् । एउटा उपत्यका चुम (  साविक चुम्चेत र छेकम्पार गाविस ) र अर्काे उपत्यका नुब्री (  साविक विहि, प्राेक, ल्हाे र सामागाउँ ) रहेका छन् । यही दुइ उपत्यकाकाे नामबाट यहाँकाे गाउँपालिकाकाे नाम चुमनुब्री उपत्यका रहन गएकाे छ । यसकाे सदरमुकाम फिलिम भन्ने स्थानमा रहेकाे छ ।

उत्तरी गाेरखाका नागरिकहरुका लागि खाद्यन्न नेपाल खाद्य तथा व्यापार लिमिटेडले डुवानी गर्ने गर्दछ । जिल्ला सदरमुकाम पछि माछाखाेला र सिर्दीवासमा दुइ वटा डिपाे रहेका छन् । ताेकिएकाे परिमाणमा यहाँ खच्चड मार्फत खाद्यन्न ढुवानी हुने गर्दछ ।

सिर्दीवास भन्दा माथि उपभाेक्ता आफैले ढुवानी गरेर लैजानुपर्दछ । यसरी ढुवानी गरेर घरसम्म खाद्यन्न पुर्याउन प्रतिकेजी १२० रुपैयाँ पर्ने साम्दाेका निमा लामाले बताए । वडा सदस्य समेत रहेका लामाका अनुसार तिब्बतकाे नाका बन्द हुँदा यस क्षेत्रका नागरिकहरु महँगाेमा खाद्यन्न खरिद गर्न बाध्य छन् ।

यस भेकमा उत्पादन हुने मुख्य बाली आलु हाे । आलु पछि करु उत्पादन हुने गर्दछ । तल्लाे क्षेत्रबाट गाउँमा पुगेकाे खाद्यन्न र गाउँमा उत्पादन भएकाे खाद्यन्न प्रयाेग गरेर मानिसहरुले रक्सी उत्पादन गर्ने गर्दछन् । चिसाे ठाउँमा नखाइ बस्न सकिदैन, आफूसँग भएकाे बस्तुकाे प्रयाेग गरेर उत्पादन गर्ने हाे भन्छन अर्का स्थानीय छेटु लामा ।

खाद्यन्नकाे प्रयाेग गरेर रक्सी उत्पादन गर्दा अन्न सकिने र भाेकमरीकाे अवस्था आउने भएपछि अहिले नुब्री उपत्यकामा भूइस्याउ खेतीकाे थालनी गरिएकाे छ । एउटा बाेटबाट ८० किलाेग्राम सम्म उत्पादन दिने भूइँस्याउबाट रक्सी बनाउने र अन्नबाली खाद्यन्नकाे रुपमा प्रयाेग गर्ने प्रचलन पछिल्लाे एक वर्ष यता बढेकाे हाे । तल्लाे क्षेत्रमा प्रतिबाेट ८/१० केजी फल्ने भूइँस्याउ माथिल्लाे क्षेत्रमा दशगुणा धेरै फल्ने गरेकाे छ । चिसाे हावापानीमा उत्पादन राम्राे हुने कृषि विज्ञहरुकाे भनाइ छ ।

भूइँस्याउ खनेर जम्मा गरी ड्रममा मर्चाका साथ राखेर रक्सी बनाउने समयमा यसकाे प्रयाेग गर्न सकिने यसबारे जानकारहरु बताउँछन् । रक्सी बनाउने काममा अहिले प्राय सबैले स्याउकाे प्रयाेग गर्ने गरेकाे प्राेकमा भेटिएका एक स्थानीय नागरिक बताउँछन् ।

पाैष्टिक तत्व प्रशस्त पाइने भएकाले भूइँस्याउकाे फल सबैका लागि हितकर रहँदै आएकाे छ ।

नाेट;  रक्सी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ ।