फ्रान्सका नागरिकले दिए गाेरखाकाे विकट हिमाली क्षेत्रमा खाद्यन्न सामग्री

शुक्रबार, कार्तिक २८, २०७७

कात्तिक २८, गाेरखा । फ्रान्सका नागरिक David Ducoin Tamera Voyes  काे सहयाेगमा गाेरखाकाे उत्तरी हिमाली विकट क्षेत्र सिङ्लामा खाद्यन्न वितरण भएकाे छ । धार्चे गाउँपालिका वडा नम्वर ५ स्थित सिङ्लामा ३० किलाेग्राम दरका २०५ बाेरा चामल, एक केजी नुन, एक लिटर खाने तेल  वितरण भएकाे हाे ।

हिमाली साथि फाउण्डेसनकाे समन्वयमा उक्त गाउँमा रहेकाे सबै परिवारका लागि खाद्यन्न वितरण गरिएकाे स्थानीय बुद्ध गुरुङले जानकारी दिए । गाउँमा रहेका असक्त, वृद्धावृद्ध सबै जानलाइ नुन, तेल, चामल विहिबार माछाखाेलाबाट वितरण गरिएकाे फाउण्डेसनका अध्यक्ष धन बहादुर गुरुङले बताए ।

चाडपर्वका समयमा खाद्यन्न पाउँदा गाउँका नागरिकहरु खुशी भएका स्थानीय धनलाल गुरुङ बताउँछन् । कसरी चाडपर्वमा अन्नकाे जाेहाे गर्ने भनेर साेचिरहेका बेला अकस्मात सहयाेग पाउँदा आफ्नाे खुशीकाे सिमा नरहेकाे अर्का स्थानीय सेती गुरुङ बताउँछिन ।

भिडियाे हेर्नुहाेस ।