फ्रान्सकाे सहयाेगमा उहियाका दुइ विद्यालयलाइ ८ थान कम्प्यूटर, २ प्रिन्टर र ट्रयाकसुट प्रदान

शुक्रबार, कार्तिक २८, २०७७

कात्तिक २८,गाेरखा ( उहिया ) । फ्रान्स स्थित भाेलियर सोलीदारीते प्राङटेज संस्थाकाे सहयाेगमा जिल्लाकाे  धार्चे गाउँपालिका ३ मा रहेकाे पार्वती आधारभुत विद्यालयका लागि ७ थान कम्युटर र  एक थान प्रिन्टर प्रदान गरेको छ ।

साेही वडामा रहेकाे दुङ्गला आधारभूत विद्यालयका लागि एक थान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेकाे विद्यालयका प्रधानाध्यापक जीतलाल गुरुङले जानकारी दिए ।

भाेलियर सोलीदारीते प्राङटेजका नेपाल स‌ँयाेजक बुद्ध गुरुङकाे समन्यवमा उक्त सामग्री हस्तान्तरण गरिएकाे हाे । दुङ्गला विद्यालयका १२० जना बालबालिकाहरुका लागि साेही सँख्यामा विद्यालयकाे नामाङ्कित ट्र्याकसुट समेत प्रदान गरिएकाे छ ।

दुङ्गला आधारभूत विद्यायका बालबालिकाहरु ।

ट्रयाकसुट लगाएपछिका दुङ्गला आधारभूत विद्यालयका बालबालिकाहरु ।

संस्थाका संयोजक बुद्ध गुरुङ, वडा अध्यक्ष इन्द्र प्रसाद गुरुङ र वडा सदस्य प्रमिना घले पार्वति आधारभूत विद्यालयका प्रधानाध्यापक वीरकाजी गुरुङ , दुङ्गला आधारभूत विद्यालयका प्रधानाध्यापक जीतलाल गुरुङ र  विद्यालयका परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

केही वर्ष अघिदेखि उक्त संस्थाले  विद्यालयमा ह्वाइटवाेर्ड, ड्रेसहरु दिदै आएको थियो । ‘विद्यार्थीलाई सहज सुविधापूर्ण ढङगले पठनपाठनमा सहयाेग पुर्याउने उदेश्यका साथ  कम्प्युटर प्रदान गरेका हौं’ कम्प्यूटर हस्तान्तरण कार्यक्रममा बुद्ध गुरुङले भने ।

विद्यालयका  प्रधानाध्यापकहरु र जनप्रतिनिधिहरुले  सहयोगी संस्थालाई विद्यालयको तर्फबाट आभार व्यक्त गरेका छन् । काेराेना भाइरसका कारण नियमित कक्षा सञ्चालनमा समस्या भइरहेका समय मनकारीहरुले दिएकाे उपकरण विद्यार्थीकाे सिकाइ उपलब्धी वृद्धि गर्न प्रयाेग गरिने पार्वति आधारभूत विद्यालयका प्रधानाध्यापक वीरकाजी गुरुङले बताए ।