रनेबाेइटले दिए ७० वर्ष उमेर कटेका नागरिकका लागि तीन हजार ५०० तिहार खर्च

शनिबार, कार्तिक २९, २०७७

कात्तिक २९, गाेरखा । माछिखाेलाकाे उकालाे लस्केका फ्रान्सका रनेबाेइट ( Raneboite) ले गाउँमा दुखमा परेका नागरिकहरुका लागि नगद देलान भनेर कसैले साेचेका थिएनन् । विकट हिमाली क्षेत्रका नागरिकहरुकाे अवस्थाबारे बुझ्न भनेर गुम्दाकाे सिङ्ला गाउँ पुगेका उनी भाेलि पल्ट विहान उठेर गाउँमा रहेका ७० कटेका बृद्धवृद्धाहरु जम्मा गर्न भने ।

ख्याउटे र चाउरिएका अनुहार लिएर आएका गाउँका पाका नागरिकहरु के गर्न लागे भनेर एकछिन अचम्ममा परे ।

न त रनेले बाेलेका कुरा सिङ्लाका उमेर ढल्केका नागरिकहरुले बुझे न उनीहरुले मातृ भाषामा गनगनाएका कुरा रनेले नै बुझे । गाउँमा भएका अशक्त र ७० कटेका नागरिहरुका जम्मा भएपछि उनले झाेलाबाट रबरले बाँधिएका नयाँ नाेट दिन थालेपछि वृद्धवृद्धा र अशक्तहरु खुशीले यताउती हेर्न थाले ।

रनेले तीन हजार पाँचसयका दरले उनीहरुलाइ नगद दिए र नमस्कार गर्दै विदा भइ धार्चे केन्द्र तिर लागे । यसका लागि स्थानीय बुद्ध गुरुङले उनलाइ गाउँ देखाइदिए र भाषा आदानप्रदान गर्न सहयाेग गरे । अशक्त नागरिकहरुले तिहार खर्च प्राप्त गरे । गाउँका ११ जना नागरिकहरुले उक्त राहत रकम पाएका हुन् ।