बिहिबार २१०३ जनामा कोरोना संक्रमण पुष्टी, १७ जनाको निधन

बिहिबार, मंसिर ४, २०७७

काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २१०३ जनामा संक्रमण पुष्टी भएको छ ।

देशभरबाट संकलित स्वाब मध्ये ९८०५ जनाको स्वाब परिक्षण गर्दा आज थप २१०३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख १५ हजार २० पुगेको छ।

संक्रमण देखिएका मध्ये १२३९ जना पुरुषहरु रहेका छन् भने ८६४ जना महिला रहेका छन् । चाैविस घण्टामा थप १७ जनाकाे निधन भएकाे छ ।

नेपालमा कोरोनाबाट बिहीबार थप १७ जनाको ज्यान गएको छ । यो सहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउनको संख्या १२७६ जना पुगेको छ ।