हप्ता दिनमै काेराेना जिते गाेरखाका २ नागरिकले

बिहिबार, मंसिर ४, २०७७

मङ्सिर ४, गाेरखा । गाेरखाका दुइ जना नागरिकहरुले पाँच दिनमा काेराेना जितेका छन् । उनीहरुकाे पाेजेटिभ देखिएकाे  मितिले एक हप्तामा काेराेना जितेका हुन् । कात्तिक २६ गते पाेजेटिभ देखिएका गाेरखा अस्पताल व्यवस्थापन समितिका सदस्य र अस्पतालका ल्याब सहायककाे आइसाेलेसनमा रहेकाे हप्ता दिनमा दाेश्राे नतिजा नेगेटिभ आएकाे हाे ।

काेविड टास्कफाेर्सका गाेरखा जिल्ला सँयाेजक समेत रहेका गाेवर्धन श्रेष्ठ र गाेरखा अस्पतालका ल्याव असिस्टेन्टकाे नतिजा नेगेटिभ आएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।