दुइसय मिटर परबाट चिनियाँ नागरिकले दिए चुमनुब्रीका नागरिकलाइ सहयाेग

बिहिबार, मंसिर ४, २०७७

मङ्सिर ४, गाेरखा (सामागाउँ) । उत्तरी गाेरखाकाे सिमा क्षेत्रमा चुमनुब्रीमा रहेका नागरिकहरुलाइ सिमा क्षेत्रमा रहेका चिनिया नागरिकहरुले सहयाेग गरेका छन् । उनीहरुले काेराेना भाइरस नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु माक्स, स्यानीटाइजर लगायतका सामग्री सहयाेग गरेका हुन् ।

सिमा क्षेत्रकाे पिलर भन्दा २०० मिटर टाढा बसेर माइक मार्फत उनीहरुले सहयाेग सामग्रीकाे फेहरिस्त सुनाएका थिए । दुखकाे समयमा सानाे सहयाेग गर्न पाउँदा खुशी लागेकाे चिनिया नागरिकहरुले व्यक्त गरेकाे चुमनुब्री गाउँपालिका वडा नम्बर १ का सदस्य मिङ्मार लामाले बताए ।

चिनियाँ सरकारी अधिकारीहरु सहितकाे उपस्थितमा चुमनुब्री वडा नम्बर १ सामागाउँ र वडा नम्बर ७ छेकम्पारका नागरिकहरुका लागि मैदा, चामल, घ्यू, चियापत्ती, तेल, मास्क, सेनिटाइजर, पिपिई लगायतका सामग्री प्रदान गरेका हुन् । सामागाउँका सबै घरधुरी र छेकम्पारका जनप्रतिनिधिहरुका लागि मात्र सामान प्रदान गरेका उनले बताए ।

वर्षमा एक दुइ पटक मात्र खुल्ने नाका यसपटक काेराेना भाइरसका कारण खुल्न सकेकाे छैन । नाका नखुल्दा  साम्दाे, सामागाउँ,छेकम्पार लगायतका क्षेत्रमा तल्लाे क्षेत्रबाट गएकाे खाद्यन्न महँगाे मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहँदै आएकाे छ ।