गोरखामा आज  ५ जना कोरोना संक्रमित थपिए

शुक्रबार, मंसिर ५, २०७७

मङ्सिर ५, गाेरखा । गोरखामा आज  ५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिउँसो १ बजेर जारी गरेको दोस्रो बिज्ञप्तिमा जिल्लाको गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकामा संक्रमित भेटिएको हो ।

निर्देशनालयका अनुसार गोरखा नगरपालिका वडा नम्बर २ का २८ बर्षका १ पुरुष, वडा नम्बर ११ का ३९ बर्षका एक पुरुष र वडा नम्बर १३ का २३ बर्षका पुरुषमा कोरोना पुष्टी छ ।

त्यस्तै जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का ३४ बर्षका एक पुरुपमा पनि कोरोना पुष्टी भएको निर्देशनालयले जानरी गरेको बिज्ञप्तिमा उल्लेख छ । उनिहरु सवैको चितवन मेडिकल कलेज चितवनको फिभर क्लिनिकमा संक्रमणको पुष्टी भएको हो ।