पालुङ्टारका ३६ बर्षका स्थानीय नागरिक रामबहादुर कुमाल मृत भेटिए

शुक्रबार, मंसिर ५, २०७७

मङ्सिर ५, गाेरखा (पालुङ्टार)  । करिब ३६ बर्षका स्थानीय नागरिक रामबहादुर कुमाल आज दिउँसो करीब २ बजेतिर घर नजिकै मृत अबस्थामा भेटिएका छन् । ढाब खेतमा टाउको गडेर मृत्युु भएको अबस्थामा शब फेला परेको प्रहरीको भनाई छ । घटनास्थलमा मुचुल्का तयार पारेर मृतक कुमालको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ ।

कुमाल हिजो घरबाट ससुराली गएको र ससुरालीबाट घर नआएपछि उनको खोजि गर्दा मृत अवस्थामा फेलापरेको प्रहरी कार्यालयले जनाएको छ । ‘हिजो ससुराली गएर घर फर्किएका कुमाल घर नआएको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा स्थानीयले खेतमा घोप्टो अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले भने ।

ससुरालीबाट फर्किएका उनी खेतको बाटो भएर घर आउदा चिप्लीएर लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । मृत्तक कुमालको पालुङटार नगरपालिका ८ को ढोडघाँरी भन्ने स्थानको खोला छेवैको खेतमा घोप्टो अवस्थामा शव फेला परेको हो । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरी रहेको कार्यालयले जनाएको छ ।

कुमालको दुर्घटनामा परेर मृत्यु भएको वा हत्या भएको भन्ने बारेमा खुल्न सकेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।