शहीद लखन गाउँपालिकाले घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गर्ने

शनिबार, मंसिर ६, २०७७

मङ्सिर ६ गाेरखा । जिल्लामा रहेकाे शहिद लखन गाउँपालिकाले अतिअशक्त नागरिकहरुका लागि घरमै पुगेर अपाङ्गता परिचयपत्र दिने भएकाे छ । मङ्सिर ७ गतेबाट सुरु हुने अभियानमा पहिलाे दिन   आइतबार मनकामना दाेश्राे दिन साेमबार बक्राङ,  ४, तेश्राे दिन मँगलबार वडा नम्बर ५,६ बुधबार वडा नम्बर ७,८ र विहिबार ९ नम्बर वडामा परिचयपत्र वितरण गर्न लागेकाे हाे ।

परिचयपत्रका लागि ४ प्रति अटाेसाइजकाे फाेटाे, नागरिकताकाे फाेटाेकपी , नागरिकता नभएकाे अवस्थामा जन्म दर्ताकाे फाेटाेकपी ल्याउनुपर्दछ ।

अशक्त नागरिकहरु परिचयपत्र निर्माणका लागि सम्बन्धित स्थानमा पुग्न सहज नहुने र  स्थानीय सरकारले  नागरिकका लागि गर्नुपर्ने याे एउटा महत्वपूर्ण काम भएकाेले अति अशक्त नागरिकहरुका लागि सहिदलखन गाउँपालिकाले घर घर पुगेर परिचयपत्र प्रदान गर्न लागेकाे गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । नेपाल सररकारले  अपाङ्गताकाे प्रकार शारिरिक अवस्था हेरेर निर्धारण गरेकाे छ ।