म जस्तै रूने खाली आकाश छ अचेल कसम यार, तड्पाउँछ मुखै नबाेल्नेले

बुधबार, मंसिर १०, २०७७

दिल किन पाे दुखाउँछ मुखै नबाेल्नेले
म चुरोट हाे, जलाउँछ मुखै नबाेल्नेले

के नयाँ, के पुरानो, प्रेमिका उस्तै हुन्
तर नजर जुधाँउछ मुखै नबाेल्नेले

मेरो के काे जय हुनु उनकै जय हाेस्
तिताे अतित बल्झाउँछ मुखै नबाेल्नेले

म जस्तै रूने खाली आकाश छ अचेल
कसम यार, तड्पाउँछ मुखै नबाेल्नेले

कस्तो विडम्बना! मलाई घाइते बनाएर
मन खुब बहकाउँछ मुखै नबाेल्नेले

लोचन ‘फूलको थुँगा’