भूकम्पछि नेपाललाइ सहयाेग गर्न पाउँदा खुशी लागेकाे छ : भारतिय विदेश सचिव श्रृंगला

शुक्रबार, मंसिर १२, २०७७

मङ्सिर १२ गाेरखा । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले २०७२ सालमा नेपालमा गएकाे भूकम्प पछि सहयाेग गर्न पाउँदा भारत सरकारलाइ खुशी लागेकाे बताएका छन् । गाेरखामा आज आयाेजित तीनवटा विद्यालय उद्घाट्न तथा हस्तान्तरण कार्यक्रमलाइ सम्बाेधन गर्दै नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहकाे जन्म स्थान गाेरखा र गाेरखालीकाे विश्वभर नाम रहेकाे उनले बताए ।

भारत र नेपालकाे सम्बन्ध लामाे समय देखि कायम रहेकाे बताउँदैन उनले भारत सरकारका तर्फबाट नेपालमा ५० हजार घर परिवारका लागि नीजि आवास , ७१ विद्यालय, १४७ वटा स्वास्थ्य चाैकी निर्माणका लागि ६०० कराेड अनुदान प्रदान गरिएकाे बताए ।

उनले नेपाल एकिकरणको उद्गम थलो गोरखामा आउन पाउदा आफूलाई गर्व लागेको समेत बताउँदै ‘नेपालीहरु विश्वभरी साहसीका रुपमा चिनिएकाे बताए । ‘तत्कालिन पृथ्वीनारायण शाहले एकिकरण गरेको देशकै नेपाल बिश्वकै सुन्दर देश भित्र पर्दछ यो ठाउँमा आउन पाउँदा मलाई गर्व लागेको छ ।’

गाेरखामा आउँदा यहाँहरुले गर्नुभएकाे हार्दिकता प्रति आभारी छु उनले भने । नेपालीमा सम्बाेधन गरेका विदेश सचिव श्रृंगलाले  पुननिमार्माण भएकाे विद्यालय   श्री महालक्षमी मा. वि , श्री रत्नलक्ष्मी मा.वि र श्री तारा मा. वि प्राधिकरणका सचिव रामकृष्ण सापकाेटालाइ चावि दिएर हस्तान्तरण गरेका थिए । सापकाेटाले गाेरखा नगरपालिका प्रमुख राजनराजन पन्त र पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाइ हस्तान्तरण गरेका थिए । श्रृंगलाका साथ नेपालका लागि भारतिय राजदूत विनयमाेहन क्वात्रा लगायतका अधिकारीहरु सहभागि थिए ।

महालक्ष्मी मा‍वि व्यवस्थापन समितिका अध्यक्ष शिव केसिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाेरखा नगरपालिका प्रमुख राजनराज पन्त, जिल्ला समन्वय समिति प्रमुख अशाेक कुमार गुरुङ, पुन निर्माण प्राधिकरण सचिव रामकृष्ण सापकाेटा लगायतले पुन निर्माण कार्यक्रममा भारत सरकारले गरेकाे सहयाेगकाे प्रशँसा गरेका थिए ।

नेपाल आवास पुनर्निर्माण परियोजना, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनाबाट युएनडीपीको समन्वयमा गोरखा जिल्लामा संचालनमा रहेको थियाे । यस परियोजनामा स्थानीय साझेदारी संस्थाका रुपमा पद्दति विकास केन्द्र र स्वांरा सघन गाँउ विकास केन्द्र मार्फत गोरखा जिल्लाका गोरखा र पालुंगटार २ नगरपालिका तथा धार्चे, गण्डकी, अजिरकोट , आरुघाट , सिरानचोक र शहिदलखन सहित जम्मा ६ गाँउपालिकाका जम्मा ४२ वडाहरुमा सञ्चालन भईरहेको छ ।

यस परियोजनालले २६,९१२ घरधुरीका लागि सामाजिक प्राविधिक सहजिकरण अन्र्तगत काम गरिरहेको छ । जस मध्ये भदौ मसान्त सम्म २५०१७ घर निर्माण सम्पन्न भइसेका छन् भने ६७७ निर्माणाधीन छन् ।