साहित्य

मोरङ्ग बाट अमृत भट्टराई का पाँच मुक्तक

By मनासलु

November 10, 2020

१. अर्कैले लगाएको बुटो बिस्याहारले नुहेको देखें सोच्दै छु लगाउँ कि थाङ्ग्रो लहरा उठेको देखें

लाग्छ  लर्किन्छ  पक्कै बिउ असली सावाँ नै हो कोट्याई जरा हेरें फल्ने गुण कण कणमा लुकेको देखें ।

२. निन्द्रै बरु त्यागी दिन्छु सपनीमा कति धाउँछौ मिठा मिठा कुरा गर्छौ सपनीमै माया लाउँछौ

मेरा खुसी किन्न गाका बर्षौ तिमी बिदेश रुमलियौ आज दुखै लिलाममा छन् विपनीमा कैले आउँछौ ।

३. खुसी सुकेर ओइलाएका खातका रास किन्छौ भने दिन दिनै शुलमा उनेका पिडाका लास चिन्छौ भने

अझै  नि सक्ने छु जीवन हँसाउन मुर्दा यो मन बचाउन सेताम्मे खोलमा उनेको देहमा चुरा र सिन्दुर दिन्छौ भने।

४. मैले तिमीलाई चाहें बिझायौ परेली भयोे मिलन अन्तै भिजायौ परेली

आखिर रैछ माया गर्यौ आनाकानी आज अर्कैको नासो फिँजायौ परेली।

५. रछानका सिता धरि छोड्दैनन् खाएकै छन् यिनले जनतालाई बाँझोको हल गोरु झैं दाएकै छन् यिनले

देशको शिर मर्दन गरि आफै श्रीपेच लगाउँदा पनि  कस्तो बिडम्बना!जनता बाटै सम्मान पाएकै छन् यिनले।

अमृत भट्टराई मोरङ्ग, हाल काठमाडौं