साहित्य

चन्द्रावति अधिकारी का पाँच मुक्तक

By मनासलु

November 11, 2020

मुक्तक १

तिमीसँग दया सापटी मागेर बाँच्नु नपराेस हावाकाे महलका सपना कवै साँच्नु नपराेस्।

बाच्नु छ दुई दिन सेवा गरी खुशी दिनसकूँ , बाच्छाहरु मिचाी साँढेझै कतै नाच्नु नपराेस्।

मुक्तक २

तिमिले धाेका दिए पनि मैले दिएकी छैन , आजसम्म तिम्राे भरमा कतै जिएकी छैन।

कहीँ कतै दुखाई पनि त मिठाे हुने रैछ, चाेटभरि देख्न तिम्लाई मुटु सिएकी छैन।

मुक्तक ३

पीडाहरु भुल्नलाई बाटाे खाेजेकाे थेँ आफूभित्र दुखेर नि तिमी राेजेकाे थेँ।

वनकाे चरी वनैभित्र रमाउँछ छाेडिदेऊ, पिजडालाई महल त्याे कैले साचेकाेथेँ?

मुक्तक ४

तेत्तीस पर्सेन्ट भन्छाै अझै आधा आकाश ढाक्नेलाई, मैले पालेकाे छु भन्छाै तिम्रै लागि भाक्नेलाई।

विवेक शून्य आफ्नाे ऐना हेर्दै हेर्दैनाै कि कसाे? अँगालाेमा बेरी हिन्छाै पिच्छे छुरी ताक्नेलाई!!!

मुक्तक ५

चन्द्र हुँ म तिम्ले छेक्दैमा के चम्किन्न र? आफ्नै हुन् पाईला तिमिले राेक्दैमा लम्किन्न र?

तिम्राे कर्तुत लुकाउन छेक्न खाेज्याै मलाई सधैँ कहाँ हुन्छ गृष्म वर्षे झरी झम्किन्न र?

चन्द्रावती अधिकारी काेहलपुर बाँके