साहित्य

परदेश मा, न सयपत्री न सप्तरङ्गी बैहिनी, के सम्झिनु टीका तिहारकाे बेला

By मनासलु

November 11, 2020

हुन्छु म त फिका फिका तिहारकाे बेला खस्दैछन् आँसुकाे ढिका तिहारकाे बेला

परदेश मा, न सयपत्री न सप्तरङ्गी बैहिनी, के सम्झिनु टीका तिहारकाे बेला

मेरो प्याराे बहिनी नेपालमै छ हजुर दाइ सायद अमेरिका तिहारकाे बेला

आफ्नाे भन्दा नि देशको लागि साेचौ बैनी हेर्नु अबाेध बालबालिका तिहारकाे बेला

विगत सम्झिदा भावविभाेर भइयाे थिए खुसी नानाभातिका तिहारकाे बेला

लोचन ‘फूलको थुँगा’