Breaking News

गाेरखामा ४ वर्षिय बालिका सहित १४ जनामा काेराेना पुष्टि

By मनासलु

November 15, 2020

गोरखा ३०, कात्तिक । गोरखा जिल्लामा १४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी आज जारी गरेको चौथौ प्रेस बिज्ञप्तिमा जिल्लाको सिरानचोक गाउँपालिकामा ५ जना र गोरखा अस्पतालsf ९ जनामा कोरोना संक्रमणको पुष्टी गरेको हो ।

निर्देशनालयका अनुसार सिरानचोक गाउँपालिकामा ४७ बर्षिय एक महिला र बर्ष ५२, ४८, ३२ र ५७ का ४ जना पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै गोरखा अस्पतालमा ४ बर्षकी बालिका, ३८ बर्ष, ५२ बर्ष, र ५५ बर्षका महिला र ७ बर्षिय बालक सहित बर्ष २९, ७५, ५२ र ५० बर्षका ५ जना पुरुषमा कोरोना देखिएको हो ।

कन्ट्रयाक्ट ट्रेसिङका परेका उनिहरु सवैको क्षयरोग उपचार केन्द्र पोखरामा पिसिआर परीक्षण भएको निर्देशनालयले जनाएको छ ।