न सोध यो मन मा कत्ती को पिर छ प्रीय तिम्रै हात मा त मेरो तक्दिर छ।।
छट पट छ तन मन तिम्रो भोलि भोलि ले देउ न माया को भिक्षा तिमी त अमिर छ।।
तिम्रो स्वीकृति बेगर कसरी अङाल्न सक्छु मेरो पाउ मा बाधिएको सामाजिक जन्जीर छ।।
कसरी दिलाउ बिस्वास कत्ती माया गर्छु चिरेर हेर छात्ती भित्र तिम्रै त तस्बिर छ।।
नारिको स्पर्श मा स्वर्गीय आनन्द मिल्छ रे तिम्रो न्यानो काख मा राख्नु पर्ने मेरो शिर छ।। शुरेश बैद्य काठमाडौ