साहित्य

अति भयो स्वार्थपुर्तीको चलखेल यहाँ आमाको अस्तित्व बचाउँने चोट किन्नु छ।

By मनासलु

November 21, 2020

शान्तिको छहारी दिने त्यो बोट किन्नु छ निष्पक्ष न्याय दिने कालो कोट किन्नु छ।

अति भयो स्वार्थपुर्तीको चलखेल यहाँ आमाको अस्तित्व बचाउँने चोट किन्नु छ।

दुत्कार्न सक्नुपर्छ दुष्कर्मी राम्ररी छानी भोली आँटेर सोच्नै नसकोस् भोट किन्नु छ।

फेरिए तन्त्र र नि इतिहास दोहोरियो अजर विवरण लेख्न सिलोट किन्नु छ।

हरपल झिजोली रहन्छ चोली च्यात्छ कि शत्रुको ऑखै डाम्न सक्ने अठोट किन्नु छ ।

शर्मिला श्रेष्ठ भैंशेपाटी,ललितपुर हाल परदेश