मङ्सिर ११, गाेरखा । गोरखा नगरपालिका दलभञ्ज्याङस्थित द ओसन क्लवको फूटवल प्रशिक्षण मैदान निर्माणका लागि गोरखा समाज फ्रान्सले आर्थिक सहयोग गरेको छ ।
क्लवको आर्टिफिसियल टर्फ अर्थात कृत्रिम घाँसे मैदान निर्माणका लागि समाजले १ लाख ११ हजार ४ शय ५० रुपैयाँ संस्थागत सहयोग उपलब्ध गराएको हो ।
सहयोग रकम गोरखा समाज फ्रान्सका महासचिव राजेन्द्र श्रेष्ठले द ओसन क्लव कृत्रिम घाँसे मैदान निर्माण ब्यवस्थापन समितिका संयोजक नविन पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
क्लवले प्रशिक्षण मैदानमा आर्टिफिसियल टर्फ बिच्छ्याइसकेको छ । उक्त कार्यका लागि आर्थिक अभाव भएकाले सहयोगको अपिल गरिएको क्लवका अध्यक्ष अमित खत्रीले बताए ।