मङ्सिर १२, गोरखा । मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले महोत्तरीको बर्दिबासकी ६ बर्र्षिया बालिका हत्याको घटनाको निस्पक्ष छानबिन गरि दोषी माथि कडा कारबाहीको माग गरेको छ । समाजकी जिल्ला संयोजक सपना पुनको नेतृत्वको टोलीले गोरखाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै घटनाको निस्पक्ष छानबिन गरि दोषी माथि कडा भन्दा कडा कारबाहीको माग गरेको हो ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा घटनामा संलग्नलाई कारवाही सुनिश्चित नभए मेचीकाली बुहारी संयुक्त आवाजले सर्घषको गर्ने चेतवनी समेत दिइएको छ । ‘ नेपालको बिद्यमान कानुन र प्रशासनिक व्यवहार अझै पिडित मैत्री देखिएन, प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘बरु पिडक मैत्री देखियो किन भने हरेक हत्या र बलात्कारको घटनामा अपराधीले उन्मुक्ती पाउने र पिडितको पक्षमा न्यायका लागि रुदै सडकमा हिड्नु परेको अबस्था छ ।’
अझै पनि अपराधीहरुले पहुँच र पैसाको भरमा उन्मुक्ति पाउनु दुर्भाग्यपूर्ण अबस्था रहेको आवाजले प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै बलात्कार जस्ता जधन्य अपराधको घटनालाई संलग्नलाई फाँसी दिनुपर्ने माग समेत गरेको छ । ज्ञापन पत्र बुझ्दै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मेची महाकाली बुहारी संयुक्त आवाजले उठाएको मागको उचित सम्बोधन हुनुपर्ने भन्दै दोषी माथि कारबाहीका लागि आफ्नो ठाउँबाट पहल गर्ने भनाइ छ ।
उनले आवाजले बुझाएको ज्ञापन पत्र सम्बन्धित ठाउँ तत्काल पुर्याउने समेत बताइन । गोरखामा भर्खरै मात्र गठन भएको मेची महाकाली बुहारी संयुक्त आवाज महिला र बालबालिका माथि हुने गरेको हिसाँ बलात्कार लगायतका घटनाका बिरुद्ध शसक्त आवाज उठाउने बताउदै आएको छ ।
उक्त समूह गाेरखा जिल्लाकाे महिला हिँसाकाे बारेमा भने माैन रहँदै आएकाे छ । ।