मङ्सिर १३, गाेरखा । गोरखामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । गाेरखा अस्पतालमा उपचाररत ७५ बर्षािया एक वृद्धाको संक्रमणका कारण शुक्रवार राति ज्यान गएको हाे ।
मंसिर ९ गतेदेखि गोरखा अस्पतालको आइसियूमा उपचाररत गोरखा नगरपालिका ६ कि ७५ वर्षिय वृद्धाको ज्यान गएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । गाेरखा अस्पतालमा उपचारकाे क्रममा ज्यान निधन हुने काेराेना सङ्क्रमितकाे सँख्या ४ पुगेकाे छ ।