उठाउ तरवार हान फरक पर्दैन मलाई दुश्मन ठान फरक पर्दैन
शिर झुक्दैन बिना कसुर यहाँ हात खुट्टा बान फरक पर्दैन
गोर्खाली हो टेक्छ यो मैदानमा इतिहास मेरो जान फरक पर्दैन
मित्रको सम्बन्ध राख्छौं भनेँ मेरो मुटु पनि तान फरक पर्दैन
उफ्रिएर हुँदै हुन्नँ बिजय तिम्रो साच्चै मेरो कुरा मान फरक पर्दैन
सुरेश पाण्डेय सुर्खेत विरेन्द्रनगर