चैत देखि बन्द रहेकाे फिल्महल १० महिना पछि पुष १० गतेदेखि खुल्ने

सोमवार, मंसिर २९, २०७७

मङ्सिर २९, काठमाण्डाै । कोरोना सङक्रमणका  कारण लामो समयदेखि बन्द रहेको फिल्म हल नेपाल चलचित्र संघले आगामि पुष १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ ।  विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।
कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको छ ।

यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन । धार्मीक स्थलहरुमा पनि सरकारकाे निर्णय विपरित खुल्दै आएका छन् । सरकारकाे निर्णय नभएपनि विद्यालयहरु समेत सञ्चालन भइरहेका छन् ।

स्वास्थ्य मापदण्ड पूरा गरेर फिल्म हल सञ्चालन गर्ने प्रधानले बताएका छन् ।