file picture

पर्यटन

सगरमाथाकाे नयाँ उचाइ म‌ङ्गलबार घाेषणा हुने

By मनासलु

December 07, 2020

मङ्सिर २२, काठमाण्डाै । सगरमाथाकाे उचाइ लम्विएला की छाेटिएला भन्ने बारेमा जान्नका लागि मँगलबार सम्म पर्खनुपर्ने भएकाे छ ।  आगामि मंगलबार नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका हुन ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको छ । यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको हो ।

स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाइ सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो । मँगलबार उक्त उचाइ सार्वजनिक गर्ने मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।