भिडियो

सरोज र समीक्षाको डान्सिङ गीत ‘त्यस्तै त्यस्तैमा’

By Admin

December 07, 2020

काठमाडौं । सरोज साजन श्रेष्ठ र समीक्षा अधिकारीको स्वर रहेको डान्सिङ गीत ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक भएको छ । गीतमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । युवा–युवतीबीच हुने प्रेम ब्यक्त गरिएको गीतको भिडियोमा पनि बनेको छ ।

विधान कार्कीको निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षत्री र रुविसा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाँंकन छ ।