हल्लिएन पात त्याे पक्कै नलाइकन हावा लाजै लाग्दा बापत कान्ड अनेक थरी बाबा!
नव बुद्ध,अघाेरी र शीद्ध अनेक थरी! थरी -थरी महीला कान्ड अहिले जगत भरि!
शीद्ध हाे कि गिद्ध हाे त्याे बाबा नाामधारी ? तुलसी माला बाेक्नि हातमा भक्तिनीका सारी !
अाश्रम हाे कि बेश्यालय कस्ताे खालकाे कार्य? बर्षाै देखि राशलिला कस्ताे बर्ह्मचार्य!
काेहि भन्छ बाल बुद्ध काेहि भन्छ शीद्ध! रामनामीकाे खाेल ओडेर बस्या हुन कि गिद्ध!
गेरुधारी बश्त्र ओडि प्रचार भक्ति भाबकाे सम्माेहनकाे जालमा पारि खेला रती रागकाे !
कुन बिद्ध्याकाे शीद्धि हाे त्याे क्यारि तिनले पाए? गरिखान गार्हाे भाे कि यस्ताे जुक्ति लाए!
जाेगी हुन कि ढाेगी हुन् ति बाबा नामधारी? ठगी खान पल्किएका पृथ्वीका भारि!
नजानेकाे केहि छैन सर्बज्ञ रे उनि गाँजा तानि गफ लडायाे लगाइ शिब धुनि!
भैंसी दानकाे बिधि देखि निसन्तानकाे खाेजि गरेकै छ सबै कृत्य मान्छे राेजि- राेजि !
शक्ति केन्द्र रिझाएर जङगल कब्जा गरि खडा गरि आश्रम त्यहाँ गर्याे मन परि!
जब पाेल्छ असतीलाइ पापले भित्र – भित्र आशिष लिन्छन् त्यहिँ बाबाकाे बन्दै ठूलाे मित्र!
यस्ता सङ्ग आशिष लिँदा कस्ताे मती अाउला ? सुबुद्धिले बास गर्ला कि कुबुद्धिले छाउला !
गुरु त्यस्ता रै छन् र पाे शिस्य त्यस्ता भए! मध्य रातमा रक्सि बाेकि कान्ड गर्न गए!
ब्यबहार सङ्गै नजर पनि ठ्याक्कै रै छ गिद्ध फेर्दिउ क्यारे नाम पनि शीद्धबाट गिद्ध!
-अर्जुन राज पन्त,बागलुङ मुलपानी (ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य “काेइली”का लेखक समेत हुन)