साहित्य

डिपि दोभान का उत्कृष्ट चार गजल

By मनासलु

December 10, 2020

१ जल्लादले सिर देखाउँदै उपहार भनेर गयो भगवान मन्दिर देखाउँदै उपहार भनेर गयो

म बुझ्न चाहन्थ्य खै किन इजलास पूर्व नै न्यायाधीश जन्जिर देखाउँदै उपहार भनेर गयो

मान्छेकै बलिदिई शालिक बनाए पछि आज उसैले हो अवीर देखाउँदै उपहार भनेर गयो

तिम्रो पुर्खाको गौरवमय इतिहास भन्दै यहाँ हजुर बाको पिर देखाउँदै उपहार भनेर गयो।

२ पुछिएको सिउँदो गजल बनाउँछु शहिदका हड्डिहरूको महल बनाउँछु

हेर्न आउनु होला शहिदगेट छेउ मै नाराहरू बिचारको पसल बनाउँछु

आउने छ भुकम्प सिंहदरबारमा जरुर कहिलै नरोकिने हलचल बनाउँछु

मन्दिरमा बस्ने भगवानले नसोचे पछि अब अचानाकै मुटु हरपल बनाउँछु ।

३ पासो लगाई सिर कटाई

गगन रित्तो चरा खसाई

के गर्छौ र? प्राण बचाई

मेरो निम्ति कात्रो सजाई

बस्नु स्वयम् चिता बनाई

हेर्नू मुख वाति जलाई

४ अब म सिलौटामा भाग्य खोज्दैछु अनि आफ्नै औंलामा भाग्य खोज्दैछु

कोइलीका बच्चा कागले हुर्काउने जिम्मा र त अब कौवामा भाग्य खोज्दैछु

छिटै भएकाले गुन्यू चोली र फरियासँगै ढाका टोपी दौरामा भाग्य खोज्दैछु

सिक्काका पाटा समानांतर रेखा ३३% खै त म चुला चौकामा भाग्य खोज्दैछु

सासू -बुहारी, बुहारी-सासू सँगसँगै भए अनि सौता – सौतामा भाग्य खोज्दैछु ।

डिपि दोभान