Breaking News

गाेरखकाली मन्दिर मङ्सिर २८ गते देखि खुल्ने

By मनासलु

December 10, 2020

 मङ्सिर २५,पाेखरा। गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिर र गोरखाकाली मन्दिर मङ्सिर २८ गतेदेखि खुल्ने भएको छ । संघिय सरकारले कोरोना संक्रमणको जोखिमका कारण गएको चैत महिनामा बन्द गरेको नेपालका अधिकास धार्मिकस्थलहरु खुल्न थालेसंगै जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले गोरखाको गोरखकाली मन्दिर र कालिका मन्दिर दुवै खुलाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

यस अघि गोरखा नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले एकैठाउँमा रहेका गोरखनाथ र गोरखकाली मन्दिरलाई स्वास्थ्य मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको छ । बैठकले यी दुवै मन्दिर खुलाउन जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन समिति समक्ष अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

मनकामना मन्दिर यस अघि नै मङ्सिर २८ गतेबाट खुल्ने निर्णय स्थानीय तहले गरेका छन् ।