Breaking News

आजको मौसम पूर्वानुमान : वर्षाको सम्भावना

By मनासलु

December 10, 2020

गाेरखा। विगत दुइ दिन देखी आकाशमा बादल लाग्ने र दिउँसाे घाम  नलाग्ने समस्या रहँदै आएकाे छ । माैसमविदहरुका अनुसार प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।मौसमविद् पौडेलका अनुसार प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

यसैबीच, प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो तापक्रम बढेर २०–२१ डिग्री सेल्सियस पुग्ने छ।

‘विहान साढे ६ बजे १०.५ डिग्री सेल्सियस मापन गरिएको थियो। दिउँसो तापक्रम २०–२१ डिग्री सेल्सियस पुग्ने छ,” मौसमविद् बरुण पौडेल भन्छन्, ‘बिहान कुहिरो लागेको काठमाडौंमा दिउँसो मौसममा बदली हुनेछ। घाम लाग्ने र बादल लाग्ने भइरहने छ।’