जिल्ला प्रशासन कार्यालय गाेरखा ।

Breaking News

गाेरखाका धार्मिक स्थलहरु मङ्सिर २६ गतेदेखि खुला

By मनासलु

December 10, 2020

मङ्सिर २५, गोरखा । गोरखाका धार्मिक स्थलहरूमा लगाइएको निषेधाज्ञा हटेको छ । जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्रको बैठकले  मङ्सिर २६ गतेदेखी निषेधाज्ञा  हटाउने निर्णय गरेको हो ।

निर्णयसङ्गै जिल्लाका सबै धार्मिक स्थलमा भक्तजनहरुले  पूजापाठ र प्रार्थना लगायतका गतिविधि गर्न पाउने भएका छन् । प्रसिद्द धार्मिक स्थल मनकामना मन्दिर र गाेरखकाली मन्दिर मङ्सिर  २८ गतेदेखि खुलाउने तयारी स्थानीय प्रशासनले गरेकाे छ ।