मङ्सिर २६, गाेरखा । प्रतिनिधि सभाका साँसद चुडामणी खड्का (प्रकाश) ले गाेरखा जिल्ला अस्पताललाइ नमुना अस्पताल बनाउन आफूले पहल गर्ने बताएका छन् ।
काेविड १९ काे सन्दर्भमा गाेरखा अस्पतालले दिएकाे सेवाबाट सिङ्गाे देशका अन्य अस्पतालहरुलाइ समेत सकरात्मक शिक्षा मिलेकाे उनले बताए । सिमित स्राेत साधनका वीच अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुकाे खटाइ र सावधानिले गाेरखावासिले उचित स्वास्थ्य सेवा पाउन सकेकाे उनले बताए ।
गाेरखाबाट साँसदमा प्रतिनिधित्व गर्दै आएका साँसद खड्काले अस्पतालका लागि आवश्यक पिपिइ सेट, माक्स,स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट नविन थापालाइ हस्तान्तरण गरेका थिए ।
केन्द्र सरकारले यस अघि उपलब्ध गराएकाे रकमबाट प्रदेशका ११ जिल्ला मध्ये गाेरखा जिल्लामा मात्र चालु अवस्थामा रहेकाे छ । अन्य जिल्लामा लगिएका भेन्टिलेटर सामग्रीहरु नक्कली परेका कारण विग्रिएर थन्किएकाे अवस्थामा रहेकाे गण्डकी प्रदेश स्थित सामाजिक मन्त्रालयकाे विवरणमा उल्लेख छ ।
साँसद खड्काले काेविड १९ काे सँक्रमण सुरु भएसँगै गाेरखा अस्पतालमा आवश्यकता अनुसार स्वास्थ्य सामग्री प्रदान गर्दै आइरहेका छन् ।