मङ्सिर २७, गाेरखा । नेपालमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरेवियन सागरबाट उत्पन्न जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। देशभरको मौसममा आँशिकदेखि सामान्य बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेकाे विभागका अधिकारीहरुकाे भनाइ छ ।
सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का बर्षा र हिमपात हुने सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ ।आज राती प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकि भू–भागको मौसममा आंशिक बदली रहनेछ।
हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना छ । प्रदेश नं १ को पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षा हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।