साहित्य

शर्मिला श्रेष्ठ का पाँच मुक्तक

By मनासलु

December 15, 2020

मुक्तक (१)

साहित्य भाषामा लेख्याै छानबीन गरे शव्दकाेष साेचें भेट्न नगएकाे रिस मा हाेला केवल राेष भावनात्मक सागरमा यसरी डुबाएर गयाै जब संजालमा लेखन देखिन बल्ल आयाे हाेश।

मुक्तक(२)

इच्छा चाहना निख्रिएकाे कतै नि मानाे हुदैन सच्चा प्रेम छ भने त्याे कहिल्यै ओभानाे हुदैन निरन्तर भरिपूर्ण हुन खाेज्छ अनवरत झन झन प्रगाढ बन्दै जान्छ पुरानाे हुदैन।

मुक्तक(३)

सात समुन्द्र पारी उनी रुन्छन् वारी म त्यहि पानी हाे उनी पारी छुन्छन् वारी म हे भगवान् कस्ले पुछिदेला आँशु उन्काे भक्कानिदै राेए कसले सुन्छन् वारी म।

मुक्तक(४)

नखाेज्नु त्याे दिल लुटिएकाे थियाे पहिल्यै बन्धक छ मेरै शिरा धमनी मा जहिल्यै साेच्दै हाेलाऊ कता गएछ त्याे ढुकढुकी याे हृदय बाट टाढा रहदैन कहिल्यै।

मुक्तक(५)

उस्काे अन्त्य भई हाले नी आँशु बगाउँनु बेकार धर्तीकाे कलंक हाे जान्दा जान्दै बचाउँनु बेकार बिकासकाे नामकाे मुल सुकिसकेकाे वर्षाैं भयाे भाेली गरी हाल्छ की भन्दै दया जताउँनु बेकार।

शर्मिला श्रेष्ठ ललितपुर,हाल परदेश