Breaking News

महिला राष्ट्रपति भएकाे देशमा बालिकाहरु बलात्कृत हुनु दुखद : सपना राेका मगर

By मनासलु

December 27, 2020

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीकाे निम्ताेमा शितल निवास भेट्न गएकी सपना राेका मगरले राष्ट्रपति महिला भएकाे देशमा बालिकाहरु दिनदहाडै बलात्कृत हुनु दुखद भएकाे बताएकी छन् ।

बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छिन् ।

उनले महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले दुःख पाइरहेका भन्दै यसको समाधानका लागि आग्रह गरेकी हुन् । उनले आज राष्ट्रपतिलाई भेटेर सो आग्रह गरेकी हुन् ।

रोका मगर नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गर्दै आएकी छिन् र सोही उल्लेखनीय कार्य बापत उनलाई बीबीसले सो सूचीमा राखेको हो ।उनको कार्यको उचित मूल्यांक गरेर राष्ट्रपतिले उनलाई भेट्न बोलाएकि थिइन् ।

राष्ट्रपतिसँग रोका मगरले बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरेको बताइन् ।

महिला रास्ट्रपति भएको देश नेपालमै ससाना बालबालिका बलात्कारको शिकार भएर मर्नु परेको दुःखद अवस्था रहेकोले यो अवस्थाको निराकरणका लागि आवश्यक निर्देशन दिनका लागि उनले आग्रह गरेको जानकारी दिइएको छ ।