साँकेतिक तस्वीर

Breaking News

ठुलो दिप्लीङमा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते

By मनासलु

December 28, 2020

पुष १३, गोरखा । जिल्लाकाे लखन गाउँपालिका १ स्थित ठुलो दिप्लीङमा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

ग १ च ९३८९ नं को बोलेरो सडकबाट १० मिटर तल खस्दा बोलेरोमा सवार ५ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मराज अधिकारीले बताए ।

दुर्घटनामा घाईतेहरुमा गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारका ३१ बर्षकी माया गुरुङ, ४७ बर्षकी नानीमाया गुरुङ, ११ बर्षकी रेश्मा गुरुङ, २१ बर्षकी मनु राना र सुनिता कुँवर रहेका छन् ।

उनीहरु सबैको गोरखा अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।