Breaking News

राष्ट्रपति र प्रधानमन्त्रीले गर्नै नहुने काम गरे : साँसद अधिकारी

By मनासलु

December 29, 2020

गाेरखा ।   नेकपाका कार्यकर्ताले गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको अँवैधानिक ‘कु’ का विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गलत हर्कत गरेकाे बताएका छन् । नगर पार्टि कार्यालय गाेरखाबाट सुरु भएकाे र्याली सदरमुकाम परिक्रमा गरी हरमटारी चाेकमा पुगेर काेण सभामा परिणत भएकाे थियाे । काेण सभालाइ सम्बाेधन गर्दै गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद. नेकपा केन्द्रीय सदस्य एव‌ँ सँगठन विभाग सदस्य हरीराज अधिकारीले प्रधानमन्त्री राष्ट्रपतिले गर्न नहुने काम गरेकाे बताएका थिए ।

र्‍यालीमा सहभागीले गत पुस ५ गते केपी ओली सरकारले गरेको संसद बिघटनको निणर्य संविधान बिपरित भएको भन्दै प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका थिए ।

कोण सभालाई नेकपाका केन्द्रिय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संसद हरिराज अधिकारी सहित, वृद्धिजिवी संगठनका केन्द्रिय अध्यक्ष दिनेशचन्द्र देवकोटा, नेकपा केन्द्रिय सदस्य चुडामणि खड्का, नेकपा जिल्ला अध्यक्ष लेखबहादुर थापा लगायतले सम्वोधन थिए ।

काेण सभालाइ सम्बाेधन गर्दै बुद्धिजीवि सँगठनका अध्यक्ष देवकाेटाले सँविधानमा हुँदै नभएकाे कार्य प्रधानमन्त्रीले गरेकाले यस्ता निरँकुश सासकलाइ तह लगाइने बताए । विधि र विधानमा मुलुक चल्ने हाे कसैकाे कल्पनामा हाेइन भन्दै उनले गलत निर्णय नसच्याए नेपाली जनता प्रतिगामीका विरुद्ध जस्तासुकै सँघर्ष गर्न पछि नपर्ने बताए ।

नगरपार्टी अध्यक्ष विशेश्वर कट्टेलकाे सञ्चालन रहेकाे  बिरोध कार्यक्रममा सहभागी हुन गाउँगाउँबाट नेकपा नेता कार्यकर्ता गोरखा सदरमुकाम आएको नेकपा गाेरखाले जनाएकाे छ ।