२६ वर्षिय शिक्षिका १४ वर्षिय विद्यार्थी लिएर सम्पर्क हिडिन

सोमवार, पुस २७, २०७७

सुन्दा अचम्म लाग्ने घटना गएकाे शुक्रबारकाे हाे ।  २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी छन् ।

विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आरोप छ । शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि कहाँ गए भन्ने पत्ता लाग्न सकेकाे छैन ।

प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका प्रधानाध्यापकले उनीहरूलाई चेतावनी समेत दिएका थिए । शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ ।

भारतीय दण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ । उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।

‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ । छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन् । हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरूकहाँ पनि सोधखोज गर्‍यौं तर पत्ता लगाउन सकेनौं । म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ किशोरका पिताले उजुरीमा उल्लेख गरेका छन् ।घटना भारतको गुजरातमा रहेको गान्धीनगरमा भएकाे हाे ।