शनिबार मनकामना मन्दिरमा पाँच हजार धेरै भक्तजन

आइतवार, माघ ४, २०७७

मनकामना ४, माघ । गोरखाको सहिद लखन गाउँपालिका स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको आवागमनमा वृद्धि भएकाे छ । शनिबार मात्रै पाँच हजार भन्दा धेरै भक्तजनहरुले मन्दिरमा पुजा गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)का कारण ९ महिना बन्द भएको केबलकार गत मंसिर २८ गतेबाट सञ्चालनमा आएको हो । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेहरुको संख्यामा वृद्धि हुदैँ गएको मनकामना मन्दिरका मुल पुजारी इन्सान थापाले बताए ।

पुजारी थापाका अनुसार पाँच हजार भन्दा बढी दर्शनार्थीहरुले आज मनकामना मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताए ।