आज सार्वजनिक विदा

सोमवार, माघ ५, २०७७

काठमाण्डौ ४, माघ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा आज प्रदेश नम्बर २ ले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश नम्बर २ भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सोमबार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।

बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।