गोरखाकाे धार्चे सहित ४ स्थानीय तहमा पहिरोको पूर्व सूचना दिने प्रणाली जडान गर्ने

सोमवार, माघ ५, २०७७

गोरखा ५, माघ । गोरखाका ४ वटा स्थानीय तहमा पहिरोको पूर्व सूचना दिने प्रबिधि राखिने भएको छ । जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले जिल्लाको धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका सूचना प्रणाली जडानका लागि छनोट गरेको हो ।

सूचना प्रबिधि जडानका लागि नामावली छनोट गरि गृहमन्त्रालयमा पठाई सकिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । जिल्ला बिपत व्यवस्थापन समितिले पहिरोको सवैभन्दा बढी जोखिम रहेको स्थानीय तहको नाम छनोट गरि ति क्षेत्रमा पहिरोको पूर्व सूचना दिने प्रविधि जडानका लागि आबश्यकता भएकाले नाम छनोट गरी पठाएको हो ।

छनोट भएका गाउँपालिका भित्र कुन ठाउँमा प्रविधि जडान गर्ने भन्ने बारेमा टुड्गो भने गृहमन्त्रालयले नै लगाउने जनाइएको छ । जिल्ला बिपत व्यवस्थापन समितिले गृह मन्त्रालयको निर्देशनका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले पालिकाहरुको नाम छनौट गरी पठाएको हो ।