असँवैधानिक ‘कु’ का विरुद्ध गाेरखाका स्थानीय तहमा विराेध प्रदर्शन

सोमवार, माघ ५, २०७७

माघ ५, गोरखा । नेपालमा भएकाे असँवैधानिक ‘कु’ का विरुद्ध आज गाेरखाका विभिन्न ९ वटा स्थानीय तहरुमा विराेध प्रदर्शन भएकाे छ ।  संसद विघटन विरुद्ध नेकपा  गोरखाले  धार्चे र चुमनुब्री बाहेक अजिरकाेट, बारपाक सुलिकाेट, आरुघाट, सिरान्चाेक, भीमसेन, शहिद लखन , गण्डकी गाउँपालिका, गाेरखा र पालुङटार नगरपालिकामा विराेध प्रदर्शन गरेकाे हाे ।

विरोध सभामा बोल्ने नेताहरुले प्रतिनिधी सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्माले ओलीले अंसबैधानिक काम गरेको आरोप लगाए । असंवैधानिक कदम खारेज गरी प्रतिनिधीसभा पुर्नस्थापना गर्न उनिहरुले माग गरेका छन् । संविधानको भावना र मर्म विपरीत विदेशीकाे आडमा सँसद विघटन गरेकाे बताएका थिए ।

गोरखा नगरपालिका अन्तरगत वडा नं १० छेपेटारमा र्‍याली तथा विरोध सभा भएको छ । नगर कमिटिका संयोजक विशेश्वर कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य हरीराज अधिकारी, जिल्ला कमिटि सचिवालय सदस्य यादव बस्नेत, नगर सचिव कृष्ण राना, रामकृष्ण भट्ट लगायतले मन्तब्य गरेका थिए  । केन्द्रीय सदस्य अधिकारीले सँसद पुनर्वहालीकाे विकल्प नरहेकाे बताए । सँघर्ष र बलिदानबाट प्राप्त उपलब्धीलाइ ओलीले चिथाेर्न लागेकाे उनले बताए ।

शहिद लखन गाउँपालिकाको घैरुङमा ध्रुव खनालको अध्यक्षता भएको कार्यक्रममा केन्द्रिय सदस्य अमर तमु र भिमसेन थापा गाउँपालिकामा सुजन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण धितालले मन्तब्य व्यक्त गरेका छन् ।

बारपाक सुलिकोटको ताकुमा नेकपा गाउँ कमिटिका अध्यक्ष नरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य विष्णु भट्ट, पालुङटार नगरपालिकाको बजार क्षेत्रमा नेकपा नगर कमिटिका अध्यक्ष विवश चिन्तनको अध्यक्षतामा भएको कार्यक्रममा दिनेशचन्द्र देवकोटाले मन्तव्य राखेका छन् ।

गण्डकी गाउँपालिकाको सिउरेनीटारमा गाउँ कमिटिका अध्यक्ष सीतारम रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य दिपक तिमिल्सीना, आरुघाट गाउँपालिकाको आरुघाट बजारमा नारायणध्वज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापा मगर, जगन्नाथ खनाल लगायतले मन्तब्य राखेका छन् ।

सिरानचोक गाउँ कमिटिका अध्यक्ष नवराज पुडासैनीको अध्यक्षतामा सिरानचोक गाउँपालिकामा भएको विरोध कार्यक्रममा प्रदेश सदस्य जुद्धविलास भण्डारी र   अजिरकोट गाउँपालिकामा सनिल परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य दिपक देवकोटाले सम्बाेधन गरेका छन् ।