केपी ओलीलाइ सुरक्षाकर्मीले घिसारेर बालकाेट पुर्याउने

बुधबार, माघ ७, २०७७

काठमाडौं । वरिष्ठ पत्रकार अव केपी ओलीले बालुवाटर डेरा छाेड्ने समय धेरै नभएकाे र  फागुन महिना भित्रैमा त्याे डेरा सर्नुपर्ने बताएका छन् । यदि हाेइन म सर्दीन भन्छन भने उहाँकाे सुरक्षा गर्न जाे जाे बसेका छन् उहाँलाइ ज जसले सलाम ठाेकेका छन,तीनले घिसारेर लगेर बालकाेट पुर्याउने दिन टाढा नभएकाे उनले बताए । पार्टी एकता गरेर पार्टीकाे काम तपाइँ हेर्नुस, म प्रधानमन्त्री भएर, समन्वय गरेर काम गर्छु भने  पनि स्वेच्छाचारी ढँगले केपी ओली चलेकाे बताए ।

श्रेष्ठले आफूलाई बालुवाटारले पेडा खान आउन बारम्बार आउन आग्रह गरेपनि आफूले अस्वीकार गरेको बताएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले असली पेडा पसल चिन्न आग्रह गरे । ओलीलाइ लाग्दाे हाे असली पेडा पसल मसँग छ तर सम्भु कता गइरहेछ, असली पेडा पसल ओलीसँग छैन । हामीले जसरी पनि उपलब्ध भएकाे गणतन्त्रलाइ जाेगाउन सकेनाै भने इतिहासले धिकार्ने छ । धेरै उखानटुक्काहरुले देश चल्दैन  । ओली घरबेटि नभै डेरावाल भएकाे उनले बताए । बालुवाटार केपी ओलीकाे घर नभएकाे उनले बताए । आफ्नाे घर बालकाेट भएकाे कुरा विर्सेर नेपाली जनताले केही समय बस्न पठाएकाे बालुवाटारलाइ घर भनेकाे उनले बताए ।

एउटा अध्यक्ष कुकुरकाे पुच्छरमा तेल लगाउँदा लगाउँदै थाकेँ भन्ने अर्काे फाेहाेरलाइ पानी हाल्दा हाल्दै साबुन र स्याम्पु सकियाे भन्ने यी दुइ अध्यक्षले कस्ताे काम गरिरहेछन् भन्ने कुरा हामीले हेराैँ, हामी यस्ताे परिस्थितिमा आयाैँ, याे वातावरणलाइ पुनर्स्थापना गर्नका लागि आन्दाेलनकाे विकल्प छैन । याे सँविधान गयाे भने नेपाल र नेपालीकाे भविष्य समाप्त हुन्छ, यसैले जसरी पनि सँसद पुनर्स्थापना गरेर सबैकाे भविष्य सुरक्षित गर्नुपर्छ । जनताले दिएकाे मतकाे सुरक्षा गर्नुपर्छ । सँसद पुनर्स्थापनाकाे विकल्प बाहेक अन्य विकल्पहरु निराधार रहेकाे उनले बताए ।

उनले कामचलाउ प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र हत्या गर्नेबीच लडाइँ जारी रहेकाले गणतन्त्रको हत्या गर्ने पक्षले आफूलाई असली पेडा पसल बालुवाटारको हो भन्न बोलाएपनि आफूलाई विश्वास नलागेको बताए । ‘बाजेकोे पेडा पसल मै हुँ भनेर बालुवाटारमा पेडा पसल थाप्नु भएको छ । तर, साँचो अर्थमा नेपाल कम्युनिस्ट पार्टी नेकपा यहाँ छ । तर अर्को नेकपा पेडा बालुवाटारमा छ ।’

उनले हिजो बेलुका र बिहान समेत पेडा खान फोन आएको भन्दै उनीहरुको नियत बुझेर गणतन्त्र ध्वस्त पार्नेहरुलाई साथ दिन नसकिने बताए । ओली निकट पत्रिका दृष्ट साप्ताहिकका सम्पादक एवँ  प्रेस चौतारीका सँस्थापक  अध्यक्ष समेत रहेका श्रेष्ठले पेडा पसलका गफमा नभुल्न र प्रतिगामी कदमका विरुद्ध लाग्न सवैलाई आग्रह गरे ।