गाेरखामा ५४४ जनाले लगाए काेराेना भाइरस विरुद्धकाे पहिलाे डाेज खाेप

शुक्रबार, माघ १६, २०७७

गाेरखा १६, माघ । खाेप लगाउन थालनी गरेकाे तेश्राे दिन आज सम्म गाेरखाका ५४४ जनाले काेराेना भाइरस विरुद्धकाे खाेप लगाएका छन् ।   आज मात्र २ शय ६९ जनाले कोरोना भाइरसविरुद्धको पहिलाे डाेज खोप लगाएका हुन् । २ शय २२ महिला र ४७ पुरुषले खोप लगाएका गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । गोरखा अस्पताल स्थित खोप केन्द्रमा माघ १४ गतेबाट खोप कार्यक्रम शुरु भएकाे थियाे । पहिलो दिन १ शय १६ र हिजो दोस्रो दिन १ शय ५९ जनाले खोप लगाएका थिए ।

माघ १४ गतेबाट सुरु भएकाे  खोप कार्यक्रम माघ १८ गतेसम्म चल्ने सूचना अधिकारी ढकालले बताए ।