अपराध/ दुर्घटना

अजिरकाेट ट्याक्टर दुर्घटनामा चालक घाइते, चितवनमा उपचार हुदै

By मनासलु

January 01, 2021

पुस १७, गाेरखा ।  अजिरकोट गाउँपालिका स्थित झ्याल्ला भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी चालक गम्भीर घाइते भएको जिल्ला ट्रााफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा ना ६ त ७१२५ नम्बरको ट्याक्टर गएराती राती दुर्घटनामा परेको हो । दुर्घटना ट्याक्टर चालक गोरखा नगरपालिका १२ कुन्दुरटारका रामकुमार कुमाल गम्भीर घाइते भएका हुन् ।

घाइते कुमालको गोरखा अस्पतालमा प्राथामिक उपचार पछि थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखामा प्रमुख मित्रलाल ढकालले बताए । चालकको मुख, अनुहार तथा शरिरको विभिन्न भागका चोट देखिएको र वेहोश अवस्थामा नै चितवन उपचारको लागि पठाईएको उनकाे भनाइ छ ।

बालुवाबाट चनौटै तर्फ जादै गर्दा दुर्घटनामा परेको र दुर्घटनाका कारण भने खुल्न सकेको छैन । ट्याक्टर सडकबाट ६० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।