साहित्य

. “खुल्ला अन्लाईन देउडा गजल प्रतियोगिता “

By मनासलु

January 03, 2021

उसो त नेपाली गजलको बिकाश,समृद्धि को यात्रामा विगत 3 वर्ष देखि निरन्तर होमियका छौ हामी संस्थागत ! नेपाली साहित्य प्रतिष्ठान भारतको वार्षिकोत्सब नजिकिदै गरेको उत्साह को शुभ अवसरमा *नेपाली साहित्य प्रतिष्ठान भारत* ले नेपाली गजलको इतिहासमै पहिलो पटक { देउडा गजल प्रतियोगिता } गर्दैछ ! जस्ले लाखौ गजल प्रेमी मनहरुले देउडा गजलको मार्मिक्ता बुझ्ने छन !

गजल प्रतियोगिताका नियमहरू:-

१. प्रतियोगितामा सहभागी हुन चाहनुहुने गजलिय मनहरुले आफ्नो प्रतियोगी गजलको साथमा आफ्नो पुरा नाम, ठेगाना समेत उल्लेख गरी यहि मिति

२०७७ पुस १८ गते 2021/ जनवारी 02 देखि २०७७ माघ १२ गते / 2021/ जनवरी 25 सम्म

नेपाली साहित्य प्रतिष्ठान भारत पेजको भित्री इन बक्स र उल्लेखित gmail .मा पठाइसक्नु पर्नेछ | https://www.facebook.com/Nepali-Literature-Estabishment-India-1484211318380735/

contactntospb2017@gmail.com

२. गजल कम्तिमा ५ शेर देखि बढीमा ७ शेर सम्मको प्रतियोगी गजल शुद्ध नेपाली देउडा भाषामा (देवनागरी लिपिमा ) टाइप गरिएको हुनुपर्नेछ।

३. गजल पूर्णत: मौलिक, कुनै पनि छापाखाना अन्य कुनै माध्यमबाट प्रकाशित/प्रसारित नभएको, अन्य कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनु पर्नेछ ! र प्रतियोगी गजल चोरिएको, छापिएको वा अन्य कुनै पनि प्रतियोगितामा सहभागी भएको पाइएमा रचना अयोग्य मानिनेछ !

४. दिइएको ठेगानामा पठाएको मात्रै गजल मान्य हुनेछ | एकजना प्रतियोगीले एउटा मात्र गजल पठाउनु हुन सूचित गरिन्छ ।

५. गजल मूल्याङ्कनका आधार गजलका सम्पुर्ण तत्व हरुलाई एकदमै ध्यान दिएर विचार, शिल्प, शैली, व्याकरण र भाषा हुनेछन् !

६. मूल्यांकनको लागि गजल विधामा अग्रज तथा अनुसन्धाताहरू सम्मिलित ३ जनाको निर्णायक समिति रहनेछ !

७. निर्णायकको निर्णय नै अन्तिम निर्णय मानिनेछ !

८. नेपाली साहित्य प्रतिष्ठान भारतका कार्यसमितिका सदस्यहरू बाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनु भएका इच्छुक नेपाली भाषी देउडा गजलप्रेमी गजलकारहरूले प्रतियोगितामा सभागिता जनाउन पाउने छन् !

९. प्रतियोगिताको नतिजा मिति २०७७ / पाल्गुन १३ गते संस्थाको वार्षिक उत्सव कै दिन नतिजा सार्वजनिक गरिनेछ !

१०. प्रतियोगितामा प्रथम, द्वित्तीय तृतीय र सान्त्वना हुने एक एक जना विजयी गजलकारलाई क्रमश :- नगद रू प्रथम :- रु := १५००:- नेपाली द्विर्तिय :- रु := १३०० :- ” तिर्तिय :- रु:= ११०० :- ” सान्तवना :- रु:- ७०० :- र सम्मानपत्र प्रदान गरिने छ !

नेपाली साहित्य प्रतिष्ठान भारत

अध्यक्ष महासचिव सुरज निर्दोष दिपेन्द्र विवष बिष्ट