समाचार

नमस्ते आधुनिक लघुकथा मञ्च को मानवसेवा

By मनासलु

January 03, 2021

नमस्ते आधुनिक लघुकथा मञ्चको “लघुकथा सँगसँगै मानवसेवा” भन्ने कार्यक्रम अन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नं. १३ मा लक्ष्मी प्रतिष्ठान द्वारा सञ्चालित ” कुमार-बलराम स्मृति छात्रवासलाई पचास हजार बराबर सामाग्रीहरु सहयोग गरेको छ । जसमा सिरक- १० थान, डसना -१० थान र तकिया २० थान सहित कान्दा पुर्याउनलाग्ने ढुवानी खर्च रू. ३०००/- समेत छात्रावासका इन्चार्ज मनोज श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । लक्ष्मी प्रतिष्ठानद्धारा सञ्चालित छात्रवासमा अहिले १ सय १३० भन्दा बढी चेपाङ तथा तमाङ जातिका विपन्न बालबालिकाहरू आश्रित रहेका छन । सहयोग हस्तान्तरण कार्यक्रम हिजो वि. सं. २०७७ पौष १८ गते राप्ती- ८ को आधारभुत विद्यालय, बजरहट्टीमा भएको लघुकथा वाचन कार्यक्रममा गरिएको थियो । कार्यक्रममा मञ्चका अध्यक्षले खाद्यन्न सामाग्रि दिने योजना हुँदाहुँदै अहिलेको लागि अति आवश्यक रहेको सिरक डसना दिइएको बताउनु भयो । उहाँले यस्ता सहयोगहरू निरन्तर रहने बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष हरिशरण डल्लाकोटी, प्रध्यानाध्यापक मीठू कुमारी पाठक , सञ्चारकर्मीो उपस्थिती रहेको थियो । मञ्च मार्फत जन्मोत्सव , वैवाहिक वार्षिकोत्सव र पुण्य तिथिको अवसरमा सहयोग गर्नु हुने सहयोगी व्यक्तिहरूलाई पुष्प गुच्छा दिएर सम्मान पनि गरिएको थियो । न्यानो हस्तान्तरण कार्यक्रमलाई अझ न्यानो महसुश गराउने उद्देश्यले उक्त अवसरमा आधुनिक लघुकथा मञ्चका लघुकथा वाचक लक्ष्मण भट्टले लघुकथा वाचन गर्नुभएको थियो