पर्यटन

तस्वीरमा ऐतिहासिक पालुङटार हेराैँ

By मनासलु

January 04, 2021

गाेरखा । पालुङटार नगरपालिका वडा नम्बर २ स्थित लिगलिगकाेटकाे ऐतिहासिक तथा पर्यटकिय महत्व रहेकाे छ । समुन्द्री सतहबाट १४३७ मिटर (४,७९० फिट )  उचाइमा लिगलिगकाेट रहेकाे छ । दाैड जित्ने मानिस एक वर्षका लागि यहाँकाे राजा हुने चलन थियाे ।

लिगलिग काेट

शाहवँशीय राजाका सँस्थापक द्रव्यशाहले  विक्रम सम्वत १६१६ काे भदाै २५ गते गाेरखा नगरपालिका स्थित पस्लाङ चाैतारामा राज्यभिषेक गरेकाे कुरा इतिहासमा उल्लेख छ । लिगलिगकाेट नेपाल राज्यकाे उत्पति भएकाे ठाउँ र नेपाल राज्य स्थापनाकाे जग हाे । मर्स्याङ्दी नदि र चेपे खाेलाकाे सँगमस्थलबाट दाैडेर काेटमा पुगेर पहिलाे हुने व्यक्ति यस क्षेत्रकाे राजा हुने प्रचलन थियाे ।

चेपेघाट
पालुङटार विमानस्थल