समाचार

मैलुङकपकाे उपाधि शिर्जनशील युवा क्लवले जित्याे

By मनासलु

January 04, 2021

बारपाक । बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ मैलुङमा सम्पन्न दोस्रो मैलूङ कप-२०७७ को उपाधि शिर्जनशील यूवा क्लव मैलूङले जितेको छ । बिजेता टोलीले लामागाउॅ क्लवलाई  फाईनलमा ० बिरुद्ध ५ गोलले पराजित गरेकाे हाे  ।

उपाधि बिजेता टोलीले नगद रू ३०,०००/-,कप, मेडल तथा प्रमाण पत्र प्राप्त गर्यो भने उपबिजेता टोली लामा गाउॅ क्लवले नगद रू २०,०००/- मेडल तथा प्रमाण पत्र प्राप्त गरेको थियो ।

पौष १५ गते बाट सुरु भएको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो । यस प्रतियोगितामा बारपाक सुलिकोट गाउॅपालिका, गोरखा-ताकुकोट सेवा समाज, काठमाडौ, ए.बि.आर.सी कृषि फर्म मैलूङ , भन्ज्याङ निवासी सुजन श्रेष्ठले आर्थिक सहयोग गरेको जानकारी क्लवको अध्यक्ष कुमार बरामले समापन कार्यक्रममा दिए ।साथै पुरस्कार वितरण कार्यक्रमको अवसरमा बारपाक सुलिकोट , ६ नं वडाका वडा अध्यक्ष बाबुलाल गुरूङले क्लवलाई नगद रू ५०००/- सहयोग गरेका थिए ।