पुस २१, काठमाण्डौ । काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई ४ सय ३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो ।
दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान रहेका छन् । प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा समेत असर परेको छ । मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको वातावरणविद्हरुले बताएका छन् । उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेसंगै सरकारले आवश्यक नपरी बाहिरन ननिस्कन आग्रह गरेको छ ।
केहीदिन अघि नेपालको पश्चिमी भू भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले हिजो बिहान पहिलो हिउँदे वर्षा भएको थियो । हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ । तर दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन ।
यस अघि नेपाल भ्रष्टचारमा विश्व प्रथम भएकाे रिपाेर्ट ट्रान्सपरेन्सि इन्टरनेशनलले प्रकाशित गरेकाे थियाे ।