Breaking News

राष्ट्रिय एकता दिवसमा सार्वजनिक दिनुपर्छ : राप्रपा अध्यक्ष कमल थापा

By मनासलु

January 11, 2021

गाेरखा २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसकाे अवसरमा सार्वजनिक विदा प्रदान गर्न माग गरेका छन् ।

२९९ औ पृथ्वी जयन्तीकाे अवसर पारेर गाेरखा सँग्रहालय परिसरमा आयाेजित सभालाई सम्वाेधन गर्दै थापाले भने,”लिम्पियाधुरा र लिपुलेक नेपालकाे नक्सामा राखेर जसरी प्रधानमन्त्रीले राम्राे काम गर्नु भएको छ, त्यसरी नै पुस २७ गतेलाइ राष्ट्रिय एकता दिवसका रुपमा सार्वजनिक विदा घाेषणा गर्नुहाेस यदि तपाईं साच्चिकै राष्ट्रप्रेमि हाे भने, जनताले तपाईंलाई धन्यवाद दिनेछन ।”

उनले नेपाली नाेटमा एकताका प्रतिक पृथ्वी नारायण शाहकाे तस्वीर राखेर नाेट प्रकाशन गर्न समेत सुझाव दिएका छन्  । कार्यक्रममा अघि विभिन्न प्रकारका झाकी सहित राप्रपाका नेता तथा कार्यकर्ताहरुले बजार परिक्रमा गरेका थिए ।